रेडियो गेरुवा एफ. एम. ९०.७ मेगाहर्जको लुम्बिनी प्रदेशको सुदुर जिल्ला बर्दियाको गेरुवा गाउँपालिका–३, शन्तिबजारबाट २०८१ असोज ३ गते परिक्षण प्रसारण शुभारम्भ भएको हो । बर्दिया जिल्लालाई आफ्नो सेवा क्षेत्र बनाएर १०० वाट क्षमता बाट रेडियो गेरुवा एफ. एम.ले आफ्नो प्रशारण सुरु गरेको छ । रेडियो गेरुवाले साना–साना सवाल होस् वा राष्ट्रियस्तर देखि अन्र्तराष्ट्रिय स्तरका सुचना (समाचार)लाई आम जनमानसमा संप्रेशण गर्दै आई रहेको छ । रेडियो प्रसारण सुनीने स्थानका स्रोतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो गेरुवाले दक्ष तथा प्रतिभावान संचारकर्मीहरुलाई भिन्न–भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ । ‘सामुदायिक रेडियो, समुदायको आवाज’ नारा सहित प्रशारणमा आएको सामुदायिक रेडियो गेरुवा अन्तरमनको साथी संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल पनि हो । जुझारु ब्यबस्थापन सम्मिलित रेडियो गेरुवाले सरकारी, गैरसरकारी निजि एवम् व्यवसायिक संस्थाका सूचनामुलक तथा व्यवसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एवम् संस्थागत व्यवसायमा अझ थप बृद्धि गर्न सहयोग गर्नेछ ।